मंसिर ११ गते २०८३ || November 26, 2026

पार्टीले कुनै पनि खालको गठबन्धन बनाउदैन : नेता पोखरेल


बिहीबार , चैत १० २०७८०७:२८

पार्टीले कुनै पनि खालको गठबन्धन  बनाउदैन : नेता पोखरेल

काठमाण्डाै - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले स्थानीय तहको चुनावमा पार्टीले कुनै पनि खालको गठबन्धन नबनाउने स्पष्ट पारेका छन् । 

आज बिहीवार पार्टी केन्द्रीय कमिटी बैठक सम्पन्न भएलगत्तै न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले एमालेलाई चुनावमा अरूको वैशाखीको आवश्यक नभएको पनि पटक–पटक दोहोर्‍याए। उनले भन्नुभयो, ‘हामीले प्रष्टैसँग भनेका छौँ– हामी चुनावलाई ध्यानमा राखेर कुनै गठबन्धन बनाउँदैनौँ । हामी हाम्रो खुट्टामाथि विश्वास गर्छाैँ । भुइँ टेकेको खुट्टामाथि विश्वास छ । हामी त्यसैमा उभिएर चुनावकाे प्रतिस्पर्धामा सामेल हुन्छौँ । जसलाई आफ्नो खुट्टामाथि भरोसा छैन, उसलाई मात्रै वैशाखी चाहिन्छ । हामी त्यो बैशाखीको पक्षमा छैनौँ । दोस्रो कुरा, चुनावमा कतिपय ठाउँमा स्थानीय आवश्यक्ताको आधारमा सिट व्यवस्था हुन सक्छ । त्यो अलग कुरा भयो । तर केन्द्रबाट हामी कुनै गठबन्धन बनाउँदैनौँ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रीय कमिटी बैठक स्थानीय तह चुनावमा जित हासिल गर्ने मानसिकताका साथ सम्पन्न भएको उल्लेख गर्दै त्यहीअनुसार सिङ्गो पार्टी पङ्क्तिलाई परिचालित गरेर अघि बढ्ने बताए। परमादेशबाट निर्मित शक्तिसँग चुनावमा आफूहरूको प्रतिस्पर्धा हुने भन्दै उहाँले उनीहरूलाई पराजित गरेर अघि बढ्ने गरी तत्काल योजना बनाउने बताए। 

यस्तै वरिष्ठ उपाध्यक्ष पोखरेलले स्थानीय तह चुनावमा जित्ने र टिक्ने कार्यकर्तालाई उम्मेदवार बनाउने मापदण्ड पनि केन्द्रीय कमिटीले तय गरेको बताए। 


  • सम्बन्धित विषय:

  • # ईश्वर पोखरेल


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend