मंसिर ११ गते २०८३ || November 26, 2026

भरतपुर अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्ट’को रूपमा विकास गर्न लागि पर्ने : ‘प्रचण्ड’


शनिबार, चैत २६ २०७८१२:४७

भरतपुर अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्ट’को रूपमा विकास गर्न लागि पर्ने :   ‘प्रचण्ड’

चितवन - नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भरतपुर अस्पताललाई ‘सेन्टर अफ एक्सिलेन्ट’को रूपमा विकास गर्न लागि पर्ने बताएकाे छ ।

भरतपुर अस्पतालको ५९ औ वार्षिकउत्सबको अवसरमा शुभकामना व्यक्त गर्दै उनले देशकै मध्यभागमा रही विशाल पूर्वाधार र विशेषज्ञ सेवा सहित मध्य नेपालका जिल्लाहरूका बिरामीहरूलाई सेवा पुराईरहेको बताउँदै यस अस्पताललाई मेडिकल कलेज सहित शिक्षा र स्वास्थ्यलाई एकिकृत ढंगले अगाडी बढाउँन काठमाडौं गए लगत्तै काम थालनि गर्ने समेत बताए ।

अध्यक्षले आफू प्रधानमन्त्री हुँदा वा नहुँदा यस अस्पतालको भौतिक पूर्वाधार निर्माण र सेवा विस्तारको लागि आवश्यक पहलकदमी लिइरहेको बतादै भोलिका दिनमा पनि सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे । उनले बिरामीहरूको समयमै गुणस्तरीय ढंगले उपचार गरी नागरिकका स्वास्थ्य सेवालाई सरलीकृत ढंगले अगाडि बढाउन चिकित्सक तथा अस्पताल प्रशासनलाई आग्रह समेत गरे।

अध्यक्षले सो अवसरमा विरामी कुरूवा घर र एनएक्स ब्लक र ट्रमा सेन्टरको उद्धाटन गर्नुभएको थियो। ५९ औ बार्षिकउत्सवको अवसरमा अस्पतालको विभिन्न विभागमा रहेर उत्कृष्ठ सेवा प्रदान गर्ने चिकित्सक तथा कर्मचारिहरूलाई सम्मान गरेको थियो ।


  • सम्बन्धित विषय:

  • # ‘प्रचण्ड’


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend