मंसिर १२ गते २०८३ || November 27, 2026

कागेश्वरी मनोहरा वडा न. ५ मा समस्या धेरै छन् जहाँ काम गर्ने नेताको खाँचो छ : उम्मेदवार पुडासैनी


आइतबार, वैशाख २५ २०७९०४:१३

कागेश्वरी मनोहरा वडा न. ५ मा समस्या धेरै छन् जहाँ काम गर्ने नेताको खाँचो छ : उम्मेदवार पुडासैनी

काठमाडौँ - कागेश्वरी मनहरा नगरपालिकाका वडा न. ५ को नेकपा एमालेका वडाध्यक्ष पदका प्रत्यासी उम्मेदवार लेखनाथ पुडासैनी चुनावी अभियानमा सक्रिय रुपमा लागिरहेका छन् | जनताको समस्याप्रति मध्यनजर गर्दै उम्मेदवार पुडासैनी वडा न. ५ का जनतासँग प्रतक्ष्य भेटघाट लागेका हुन् | 

उम्मेदवार पुडासैनी नेकपा एमालेका सक्रिय नेता हुन् | पार्टीभित्र मात्र नभई समाजसेवाको अनुभव समेत उम्मेदवार पुडासैनीमा छ | नेपालमा असल नेता पाउन त्यति सजिलो छैन  तर पनि जनप्रतिनिधिको रुपमा जनताले विश्वास गर्यो भने आफुले धेरै राम्रो काम गरेर देखाउने उनको भनाई छ | 

पिपल अनलाइनसंगको कुरामा उनले भने, 'समस्या धेरै छन् काम गर्ने नेताको खाँचो छ, जुन क्षमता मसंग छ, मलाई जनताले विश्वास गरे धेरै विकास गरेर सुख -दु:खमा साथ दिनेछु ' | 

समाजसेवामा अब्बल, लेखनाथ पुडासैनी जनताको हरेक समस्या बुझ्न सक्ने प्रतिबद्धता जनाए | उम्मेदवार पुडासैनीले वडा न. ५ को मुहार फेर्ने हो भने आफुलाई अत्यधिक मतकासाथ विजय गराउन जनतालाई आग्रह गरेका छन् |

 

 

 

 


  • सम्बन्धित विषय:

  • # कागेश्वरी मनहरा नगरपालिकाका
  • # लेखनाथ पुडासैनी


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend