काठमाडौँ - बुढानिलकण्ठ नगरपालिकाका उपप्रमुख पदका उम्मेदवार अनिता लामाले घरभित्र गुम्सेका महिलाको क्षमतालाई सम्बोधन गर्ने बताएकी छन् । पिपल अनलाइनसँगको कुराकानीमा सो कुरा बताएकी हुन् ।
हाम्रो समाज पितृसत्तात्मक छ। पितृत्वले घेरेको मातृत्व छाँयामा परेको समाज हो, हाम्राे। त्यसकारण आफैमाथि विभेद भएको कुरा थाहा नभएको उम्मेदवार लामाले बताइन । आफै भित्रको ऊर्जा र क्षमता नै चिन्नुहुन्न, त्यो कुरालाई उजागर गर्न जरुरी छ।
महिलाहरुको पीडाभन्दा पनि आफूलाई पहिचान गर्ने कुरा मुख्य चिन्ताको विषय हो। यसमा गहिरो चिन्तनका साथ उहाँहरुलाई हामीले बुझाउँछौँ। उहाँहरुको चाहना भनेको हिंसा र विभेदमुक्त समाज बनाउनु पर्ने हो, यस समस्यालाई समाधानको बाटोमा लैजाने उम्मेदवार अनिता लामाको भनाइ छ ।
हाम्रो टिमले उम्मेदवार अनिता लामासँग गरेको विशेष अन्तर्वार्ता :