मंसिर १२ गते २०८३ || November 27, 2026

ललितपुर महानगर प्रमुखमा काँग्रेसका उम्मेदवार महर्जनको अग्रता


सोमबार, जेठ २ २०७९१०:५३

ललितपुर महानगर प्रमुखमा काँग्रेसका उम्मेदवार महर्जनको अग्रता

ललितपुर - ललितपुर महानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ । 

पछिल्लो विवरणअनुसार, काँग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले दुई हजार ३८ मत पाएको छ । उपप्रमुखमा एमालेकी उम्मेदवार मञ्जली शाक्यले एक हजार ८८६ मत र नेकपा (माओवादी केन्द्र) का बाबुराजा बज्राचार्यले एक हजार ३१७ मत पाएको छ । 

महानगरपालिकामा २९ वडा रहेकामा हालसम्म एउटा वडाको मात्रै परिणाम आएको छ । शनिबार मध्याह्न १२ बजे मतगणना सुरु भएको थियो । हाल २, ३ र ४ वडा तीन ठाउँमा गणना भइरहेको छ । 

वडा नम्बर १ अध्यक्षमा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार विजयी भएको खवरछ । उनले ६६१ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका ध्रुव तण्डुकारले ४२५ मत प्राप्त गरेका थिए।  


  • सम्बन्धित विषय:

  • # ललितपुर महानगरपालिका


  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend