मंसिर १२ गते २०८३ || November 27, 2026

एमालेले पायो प्रदेश १ को मुख्यमन्त्री !


पिपल अनलाइन
आइतबार, पुस २४ २०७९११:२४

एमालेले पायो प्रदेश १ को मुख्यमन्त्री !

 काठमाडौँ - प्रदेश १ को मुख्यमन्त्री नेकपा एमालेले पाएको छ । सत्ता साझेदार दलहरूले आजै प्रदेश प्रमुखसामु प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका हिक्मत कार्कीको नाम पेश गर्ने तयारीमा छन् । सत्ता साझेदारबीच भागबण्डामा एमालेले मुख्यमन्त्री पाएको हो । यसअघि मुख्यमन्त्रीमा नेकपा एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका थिए । माओवादीले भने सभामुख पाएको छ । 

एमाले संसदीय दलका नेता रहेका कार्की अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् । झापा ५ को क्षेत्र नम्बर क बाट प्रदेशसभामा निर्वाचित कार्की स्थायी कमिटी सदस्य पनि हुन्।


  • सम्बन्धित विषय:

  • # एमालेले पायो प्रदेश १ को मुख्यमन्त्री !
  • प्रतिक्रिया दिनुहोस

    Copyright © All right reserved to grihasanchar.com Site By: SobizTrend